नेपाल आइन् श्रृंखला, यस्तो छ कारण
पूर्वमिस नेपाल श्रृंखला खतिवडा नेपाल आएकी छन् । हजुरबुबा बद्रीप्रसाद खतिवडाको पुस्तक ‘अभियन्ता’ विमोचनका लागि उनी नेपाल आएकी हुन् । बिहीवार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनी निकै खुसी देखिएकी थिइन् । हजुरबुबाको पुस्तक सार्वजनिक हुँदा निकै खुसी लागेको उनले बताइन् ।
‘मेरो हजुरबुबा आफ्ना धेरै कुरा सर्वसाधारण सामु पोख्न खोज्नु हुन्थ्यो । त्यसका लागि समाचारले सबै समेट्न सकेका थिएन’ उनले भनिन् ‘आफुलाई भन्न मन लागेको कुरा र जीवनमा भोगाइ उहाँले पुस्तकमा समेट्नु भएको छ ।’ हजुरबुबाले दुई बर्षको मिहिनेत पछि पुस्तक ल्याउन सफल भएको जानकारी दिएकी श्रृंखलाले कार्यक्रममा संजोगले सहभागी अवसर मिलेको बताइन् ।
‘मेरो कलेजमा क्रिसमसको छुट्टी भयो । त्यसैले म नेपाल आए’ उनले थपिन् ‘हजुरबुबाको पुस्तकमा पनि सहभागी हुने अवसर जुर्यो ।’ क्रिसमसको बिदा हुनु र नेपालमा हजुरबुबाको पुस्तक विमोचन एकैपटक हुनु सुखद संयोग भएको उनको भनाई रहेको छ । उनले थपिन् ‘हजुरबुबाले नातिनीलाई पनि समेट्न चाहनुभएको थियो होला, सायद ।’
अमेरिकाको हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न ४ महिनाअघि अमेरिका प्रस्थान गरेकी उनी फर्कदा उनको घरको माहोल समेत परिवर्तन भएको छ । घरमा फर्कदा बुवा विरोध खतिवडालाई मन्त्रीको रुपमा भेटेको उनले सुनाइन् । ‘म जाँदा उहाँ सांसदमात्र हुनुहुन्थ्यो । फर्कँदा उहाँ मन्त्री हुनुभएको रहेछ’ उनले भनिन् । उनी अमेरिका अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न गएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण