सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदीय समितिमा चार सदस्यहरू हेरफेर

सोमबार, ०१ असार २०८३, १२ : २६
सोमबार, ०१ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदहरू चार संसदीय समितिमा हेरफेर भएका छन् ।
  • राम लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार समितिमा सरेका छन् ।
  • मनिष झा उपभोक्ता समितिबाट सार्वजनिक लेखा समितिमा गएका छन् ।

काठमाडौँ । चारवटा संसदीय समितिमा चार सांसदहरू हेरफेर भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूको हेरफेर गरिएको हो । यसलाई आजको प्रतिनिधिसभाले सहमति दिइएको छ । 

यसरी हेरफेर हुनेहरूमा राम लामा, बोधनारायण श्रेष्ठ, मनिष झा र बुद्धरत्न महर्जन रहेका छन् । लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार समितिमा सरेका छन् । 

त्यस्तै, श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा गएका छन् । 

उता, मनिष झा उपभोक्ता समितिबाट सार्वजनिक लेखा समितिमा गएका छन् । अर्का सांसद बुद्धरत्न महर्जन भने सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप