मकवानपुरमा एकैदिन ३ शव फेला
मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फरक–फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने मृत अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोलमा बस्ने १८ वर्षीया आरती घिमिरे कोठामा र मकवानपुरगढी गाउँपालिका–६ बस्ने ४२ वर्षीया सुनमाया रुम्वा गोलेको शव घर नजिकै रुखमा झुण्डिएको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उक्त दुवै शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको छ ।
मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा आज अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको छ । स्थानीयबासिन्दाले उक्त शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा पठाएको जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण