साताको नेप्से- सूचक १४३ अंकले बढ्यो, कारोबार रकम पनि सुधारियो
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४३ अंकले बढेर बन्द भएको छ । साताको चार कारोबार दिनमा नेप्से परिसूचक ६ प्रतिशतभन्दा बढीले बढेर बन्द भएको हो । यही साता उद्यौली/उभौली पर्व परेकाले एक दिन नेप्से बन्द थियो ।
गत साताको बिहीबार २३ सय ७६ अंकमा बन्द भएको थियो । जुन, यो सातामा आएको उत्साहजनक बृद्धिसँगै २५ सय २० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । चार कारोबार दिनमध्ये तीन कारोबार दिन परिसूचक उकालो लागेपछि ठूलो सुधार आएको हो ।
अर्थ मन्त्रालयले स्थानीय तहमा जाने कूल बजेटको ८० प्रतिशत बजेटलाई बैंकिङ प्रणालीमा तरलताका रुपमा गणना गर्ने निर्णय लिएको थियो । यस्तै, केन्द्रीय बैंकले बढ्दो आयात रोक्दै मुद्रा विदेशिनबाट रोक्न आयात कडाइको नीति लिएको थियो । यही दुई कारणले बैंकमा तरलता बढ्ने अनुमानसहित लगानीकर्ताले बजारमा लगानी बढाएपछि सूचक माथि उक्लिएको हो ।
यो सातामा कारोबार रकम पनि सुधारिएको छ । साताको चार दिनमा १३ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ । यो दैनिक औसत साढे तीन अर्ब हाराहारीको कारोबार हो । गत साताको पाँच दिनमा दैनिक औसतमा ३ अर्ब २० करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण