माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ : प्रचण्ड
शनिबार, १० पुस २०७८, १६ : ००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् ।
पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारे पनि छलफलहरु चलिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा