‘मधुवनमा राधिका’मा नाचेपछि विवादमा सनी लियोनी, गीतको शब्द परिवर्तन गर्न गृहमन्त्रीको दबाब
बलिउडमा धेरै वटा गीतलाई धार्मिक भावनालाई चोट पुर्याएको आरोप लाग्ने गरेको छ । गीत मात्रै होइन फिल्महरुले पनि धार्मिक भावनालाई ठेस पुर्याएको भन्दै विवादको सामाना गरेका छन् । यसका लागि फिल्म तथा गीत निर्माताले माफी मागेका पनि छन् । पछिल्लो समय यस्तै विवादमा तानिएकी छन्, सनी लियोनी । उनलाई ‘मधुवन में राधिका’ को साथ देखिएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले सनीको उक्त भिडियोले धार्मिक भावनालाई ठेस पुर्याएको भन्दै तुरुन्त गीतको शब्द परिवर्तन गर्न आदेश दिएका छन् ।
सारेगम ले स्टेटमेन्ट जारी गर्दै भनेको छ, ‘गीतलाई लिएर हालै गरिएको समीक्षा र प्रतिक्रियालाई मध्यनजर गर्दै मानिसहरुको भावनाको कदर गर्दै ३ दिनभित्र गीतको शब्द परिवर्तन गरिनेछ ।’
तीन प्लेटफर्ममा यो गीतको संस्करण सेयर गरिने र पुरानो भर्जनलाई हटाइने जानकारी दिएको छ । गीत गत डिसेम्बर २२ मा रिलीज भएको थियो । गीतको सुरुवाती शब्दहरु ‘मधुबनमा राधिका नाचिरहेको’ सन् १९६० को दिलीप कुमारको फिल्म कोहिनूरबाट लिइएको हो । जुन मोहम्मद रफीले गाएका थिए । शनिबार उत्तरप्रदेशका मधुरास्थित पुजारीहरु र श्रद्धालुहरुल्े गितमाथि विरोध जनाएका थिए भने अभद्र नृत्य गरेको आरोप लगाउँदै विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण