कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?
सशस्त्र विद्रोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपत्ता पारिए भने कोही कृषि पेसामा संलग्न छन् ।
‘जनयुद्ध’ घोषणा भएको बेलाका केन्द्रीय समितिमा पुष्पकमल दाहाल, मोहन वैद्य किरण, डा। बाबुराम भट्टराई, स्व.पोष्टबहादुर बोगटी, रामबहादुर थापा बादल, सीपी गजुरेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मातृका यादव, नारायणप्रसाद शर्मा पौडेल, अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल, लोकेन्द्र विष्ट, स्व। यानप्रसाद गौतम, दण्डपाणि न्यौपाने, दिनेश शर्मा र फणीन्द्र आचार्य थिए ।
यी १९ कमान्डरमध्ये आठ जना नेता माओवादी केन्द्रमै छन् । दाहाल अध्यक्ष रहेको माओवादी केन्द्रमा हरिबोल गजुरेल, मातृका यादव, देव गुरुङ, पम्फा भुसाल, फणीन्द्र आचार्य रहेका छन् । अग्निप्रसाद सापकोटा सभामुख अहिले सभामुख छन् । उनी माओवादी केन्द्रबाट सभामुख भएका हुन् । यादव माओवादीबाट विद्रोह गरेर केही समय आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरेर सक्रिय थिए । पछि पुनः माओवादीमै फर्किए ।
मोहन वैद्य किरणले नेकपा क्रान्तिकारी माओवादी पार्टी गठन गरेका छन् । फरक मत राख्दै उनले छुट्टै पार्टी गठन गरेर अध्यक्ष भएका हुन् । वैद्य नेतृत्वको पार्टीमा ती १९ मध्येका हरिभक्त कँडेल प्रवक्ता छन् । सीपी गजुरेल र दिनेश शर्मा सागर पनि वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमै छन् ।
डा। बाबुराम भट्टराईले संविधान घोषणा पश्चात् नयाँ शक्ति पार्टी गठन गरे । केही समयपछि उनले संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर अहिले जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षका रूपमा सक्रिय छन् ।
पोष्टबहादुर बोगटीको हृदयाघात कारण मृत्यु भइसकेको छ भने लोकेन्द्र विष्ट राजनीति छोडेर कृषि पेसामा सक्रिय छन् । नारायणप्रसाद शर्मा माओवादीबाट विद्रोह गरिसकेका छन् । एमसीसी विरोधी अभियानमा सक्रिय शर्मा अहिले छुट्टै राजनीतिक दल गठन गर्ने आन्तरिक गृहकार्यमा जुटेका छन् ।
बादल र रायमाझी एमालेमा छन् । एमालेको हालै सम्पन्न १०औं महाधिवेशनबाट बादल उपाध्यक्ष र रायमाझी सचिवमा निर्वाचित भइसकेका छन् । यानप्रसाद गौतम राज्यपक्षबाट मारिए भने दण्डपाणि न्यौपाने बेपत्ता पारिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण