गोल्डेन ह्यान्डसेक गर्दै बिदा भए चाँगुनारायणका ३७ शिक्षक
शुक्रबार, १६ पुस २०७८, १६ : ३९
चाँगुनारायण नगरपालिकाले गोल्डेन ह्यान्डसेक कार्यविधि अन्तरगत सेवा निवृत्त भएका शिक्षकहरुको सम्मान गरेको छ । शुक्रबार नगरपालिकाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा ३७ जना शिक्षक शिक्षिका गोल्डेन ह्यान्डसेक गर्दै बिदा भएका हुन् ।
नगरपालिकाले सेवा निवृत्त हुन बाँकी रहेकोको अवधिको मूल्याङ्कन गर्दै ५० हजारदेखि ४ लाख रुपैयाँसम्म दिएर बिदाइ र सम्मान गरेको हो । २०७८ साल पुससम्म अनिवार्य अवकाश हुनेलाई ५० हजारदेखि २०८१ सालपछि अवकाश हुनेलाई ४ लाख रुपैयाँ दिइने कार्यविधि बनाएको नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले जानकारी दिए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाको नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बीना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतले शिक्षकहरु उच्च मूल्याङ्कन गर्दै यो कार्यक्रमको सुरुवात गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण