मुक्तकम्लरीको पढाइलाई १५ लाख विनियोजन
शनिबार, १७ पुस २०७८, ०८ : १६
दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले रु १५ लाख बजेटको व्यवस्थापन गरेको छ । यसअघि सरकारले छात्रवृत्ति व्यवस्था नगर्दा मुक्तकम्लरीको पठनपाठनमा समस्या हुने गरेको थियो ।
अहिले लुम्बिनी प्रदेश सरकारले सो बजेट व्यवस्था गरेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले बताउनुभयो । यसअघि सरकारले दिँदै आएको छात्रवृत्ति कटौती गर्दा विद्यार्थीलाई पढाइ छोड्ने अवस्था आएको थियो ।
तीनै तहको सरकारबीचमा समन्वय नहुँदा यस्तो समस्या आएको थारु अगुवा माधवराज चौधरीले बताए । अब भने प्रदेश सरकारले बजेट छुट्याएपछि केही सहज हुने उनको भनाइ थियो । अहिले सोही छात्रवासमा ४६ पूर्वकम्लरीले अध्ययन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण