ब्राउन सुगरसहित ५ जना पक्राउ
शनिबार, १७ पुस २०७८, ११ : ००
दाङको तुलसीपुरबाट तीन महिला र दुई पुरुष प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँका २९ बर्षीय रुद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ बर्षीया उर्मिला चौधरी, तुलसीपुर ७ को सागरनगर टोलका ३० बर्षीय कैलाश नेपाली, वडा नं. ५ की १९ बर्षीया मन्दिरा थापा र सोही वडाकै १९ बर्षीया दीपु नेपाली रहेको डिएसपी अर्यालले बताए ।
दुई दिनको अवधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ । पछिल्लो सयम तुलसीपुर लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । किशोर किशोरी तथा महिलापनि धमाधम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ पर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण