सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने माओवादीको प्रयास
पार्टीको संशोधित विधान मस्यौदा अनुमोदन गरेर केहीवेरका लागि स्थगित भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र पुनः केहीबेर बसेर स्थगित भएको छ । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्यौदा पारित भएको थियो । विधान पारित गरेलगत्तै बसेको स्थायी समिति बैठक सकिएपछि बन्दसत्र पुनः केहीबेर चलेर स्थगित भएको हो ।
दोस्रो पटक सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्तावेज, विधान मस्यौदा सर्वसम्मतले पारित भइसकेपछि महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुने जानकारी गराए । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयन गर्ने पहिलो प्रयास हुने र सहमतिबाट हुन नसके लोकतान्त्रिक विधिका माध्यमबाट कमिटी चयन हने समेत बताएका छन् ।
सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा साँझ ५ बजेसम्म छलफल हुनेछ । अहिले बन्द सत्र पुनः स्थगित गरी महाधिवेशन आयोजक कमिटीमा छलफल सुरु भएको छ । बन्द सत्र ५ बजेसम्मलाई स्थगित भएको छ । महाधिवेशन आयोजक कमिटीमा केन्द्रीय कमिटी चयनबारे सहमति जुट्न नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनेछ । महाधिवेशन आजै सम्पन्न गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण