शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनमत पार्टीका जिल्ला उपाध्यक्षसहित १२ जना पक्राउ

आइतबार, १८ पुस २०७८, २२ : ०५
आइतबार, १८ पुस २०७८

चक्काजाम सहितका आन्दोलन गर्दै आएको जनमत पार्टीका जिल्ला उपाध्यक्षसहित १२ जना कार्यकर्तालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । ठाउँ फेर्दै जिल्लाका विभिन्न स्थानमा चक्काजाम गरेपछि आइतबार दिउँसो बसन्तपुरबाट उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता एवं डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा जनमत पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष शम्भुप्रसाद यादव, कार्यकारी सदस्य विजय यादव, जिल्ला सदस्य सुदिप चौधरी, रोहिणी पार्टी कमिटी अध्यक्ष विष्णु चौधरी, राजकुमार कोइरी, प्रमोद गुप्ता छन् ।

यस्तै, हिरामन हरिजन, राजेन्द्र यादव, धर्मेन्द्र यादव, सुनिल गुप्ता, राजप्रसाद वराउ, भरतकुमार यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

जनमत पार्टीका कार्यकर्ताहरुलाई किसानका मुद्दा उठाउँदै  भैरहवा–परासी सडक खण्ड र भैरहवा–लुम्बिनी सडक खण्डमा दैनिकजसो प्रदर्शन गरी यातायात अवरुद्घ गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप