किन दुब्लाए किम जोङ उन ?
दक्षिण कोरियाका तानाशाह किम जोङ उन साविक भन्दा ‘दुब्लो’ देखिएका छन् । कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला देखिएका हुन् ।
नाटकीय ढंगले उनको घट्दो तौललाई उनको स्वास्थ्यसँग पनि जोडिएको छ । तर, उनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको उत्तर कोरियाली सञ्चार माध्यमहरुले दाबी गर्दै आएका छन् ।
किमको ‘फिगर’ अहिले सुन्दर देखिएको र उनले ‘देश र जनताका लागि थोरै खान थालेको’ केसीएनएले दाबी गरेको छ ।
नयाँ वर्षको अवसरमा वर्कस पार्टीको नीति घोषणा गर्ने क्रममा उनको तस्विर सार्वजनिक भएको थियो । पार्टीको केन्द्रीय कमिटीको वैठकमा किम सार्वजनिक रुपमा देखिएका थिए । कोभिड लकडाउन, आणविक कार्यक्रमलाई लिएर प्योङयाङमाथि अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्धका कारण निम्तिएको शृंखलाबद्ध आर्थिक संकटबीच पार्टी वैठक आयोजना गरिएको थियो ।
राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार यस वर्ष मात्र उत्तर कोरियामा आठ लाख ६० हजार टन खाद्यन्न अभाव छ । पार्टीले अभावसँग जुध्न सर्वसाधारणलाई आफै उत्पादन गर्न निर्देशन दिएको छ । चीनसँगको सीमा नखोल्ने बेलासम्म सरकारले यसै अक्टोबरमा सर्वसाधरणलाई थोरै खान उर्दी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण