किन दुब्लाए किम जोङ उन ?
दक्षिण कोरियाका तानाशाह किम जोङ उन साविक भन्दा ‘दुब्लो’ देखिएका छन् । कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला देखिएका हुन् ।
नाटकीय ढंगले उनको घट्दो तौललाई उनको स्वास्थ्यसँग पनि जोडिएको छ । तर, उनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको उत्तर कोरियाली सञ्चार माध्यमहरुले दाबी गर्दै आएका छन् ।
किमको ‘फिगर’ अहिले सुन्दर देखिएको र उनले ‘देश र जनताका लागि थोरै खान थालेको’ केसीएनएले दाबी गरेको छ ।
नयाँ वर्षको अवसरमा वर्कस पार्टीको नीति घोषणा गर्ने क्रममा उनको तस्विर सार्वजनिक भएको थियो । पार्टीको केन्द्रीय कमिटीको वैठकमा किम सार्वजनिक रुपमा देखिएका थिए । कोभिड लकडाउन, आणविक कार्यक्रमलाई लिएर प्योङयाङमाथि अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्धका कारण निम्तिएको शृंखलाबद्ध आर्थिक संकटबीच पार्टी वैठक आयोजना गरिएको थियो ।
राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार यस वर्ष मात्र उत्तर कोरियामा आठ लाख ६० हजार टन खाद्यन्न अभाव छ । पार्टीले अभावसँग जुध्न सर्वसाधारणलाई आफै उत्पादन गर्न निर्देशन दिएको छ । चीनसँगको सीमा नखोल्ने बेलासम्म सरकारले यसै अक्टोबरमा सर्वसाधरणलाई थोरै खान उर्दी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस र गगन थापालाई रवि लामिछानेको खुला चुनौती
-
भारतको हित हुने गरी अग्निपथ नीतिमा परिवर्तन गर्न सकिन्छ : एस. जयशंकर
-
संसदीय छानबिन समिति नबने कांग्रेस सडकमा पनि आउँछ : गगन थापा
-
सर्वोच्चको अन्तरिम आदेशले दोस्रो पटक काम चलाऊ भए मुख्यमन्त्री अधिकारी
-
शिक्षकहरूको काज फिर्ता गर्न देशभरका समन्वय इकाइलाई परिपत्र
-
गण्डकी विवाद : सर्वोच्चले जारी गर्यो अल्पकालीन अन्तरिम आदेश