दाङमा पच्चीस हजार ५०० मतदाता थपिए
फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा दाङमा पच्चीस हजार पाँच सय मतदाता थपिएका छन् । पहिलो चरणअन्तर्गत बङ्गलाचुली, बबई, शान्तिनगर र दङ्गिशरणमा गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालय प्रमुख निमराज भट्टराइले जानकारी दिए ।
पालिकाका प्रत्येक वडामा फरक–फरक समयमा पालैपालो मतदाता नामावली सङ्कलन गरिएको थियो । दोस्रो चरणको मतदाता नामावली सङ्कलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको उनले बताए । घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन भइरहेको छ ।
बसाइँसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली सङ्कलन हुने भट्टराइले जानकारी दिए । उनका अनुसार दैनिक पाँच सयदेखि नौ सयसम्मको नाम दर्ता हुँदै आएको छ । विशेष अभियान सुरु हुनुपूर्व दाङमा तीन लाख ७७ हजार पाँच मतदाताले आफ्नो नाम दर्ता गराएका थिए ।
पछिल्लो समय थप भएका २५ हजार ५०० सहित चार लाख तीन हजार मतदाता सङ्ख्या पुुगेको छ । नामावली दर्ता गर्न छुटेका, १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेका सबैलाई नामावली दर्ता गर्न प्रमुख भट्टराइले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण