हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार
रुकुम पूर्वमा हिउँमा फसेका १४ जना मजदुरको सकुशल उद्धार गरिएको छ । सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुको सकुशल उद्धार गरिएको हो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु गत १३ गतेदेखि हिउँमा फसेका थिए । उनीहरुको सोमबार दिउँसो उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
सेनाले हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुनको उद्धार गरेको हो । उनीहरु सबैलाई पेल्मा गाउँमा पुर्याइएको छ ।
पेल्माबाट गोरेटो बाटो निर्माणका लागि गएका उनीहरु बाक्लो हिउँ जमेका कारण बाहिर आउन नसकी ओढारमा बसिरहेका थिए । उनीहरु हिउँमा फसेको खबर आइतबार मात्र बाहिर आएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
–रुकुम पूर्वबाट डिल्लीराज विश्वकर्माको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण