शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार

सोमबार, १९ पुस २०७८, १५ : ४४
सोमबार, १९ पुस २०७८

रुकुम पूर्वमा हिउँमा फसेका १४ जना मजदुरको सकुशल उद्धार गरिएको छ । सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुको सकुशल उद्धार गरिएको हो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु गत १३ गतेदेखि हिउँमा फसेका थिए । उनीहरुको सोमबार दिउँसो उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । 

सेनाले हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुनको उद्धार गरेको हो । उनीहरु सबैलाई पेल्मा गाउँमा पुर्याइएको छ । 

पेल्माबाट गोरेटो बाटो निर्माणका लागि गएका उनीहरु बाक्लो हिउँ जमेका कारण बाहिर आउन नसकी ओढारमा बसिरहेका थिए । उनीहरु हिउँमा फसेको खबर आइतबार मात्र बाहिर आएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  

–रुकुम पूर्वबाट डिल्लीराज विश्वकर्माको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप