तिलोत्तमा व्यापार महोत्सव १३ माघदेखि
आगामी १३ माघमा ‘तिलोत्तमा व्यापार महोत्सव हुने भएको छ । तिलोत्तमा चेम्बर अफ कमर्श, रूपन्देहीले १३ देखि २४ माघसम्म औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो ।
‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारी सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’ भन्ने नाराका साथ तिलोत्तमा–५ मणिग्राममा दोस्रो पटक महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष बाबुलाल भुसालले बताए । तिलोत्तमालाई राष्ट्रिय व्यापारिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको उनले बताए ।
कोरोना महामारीका कारण दुई वर्षयता मेला आयोजना हुन सकेको थिएन । ‘निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरण निर्माण महोत्सवमा गरिने छ । उनले भने ।
महोत्सवमा १० करोड रूपैयाँ बराबरको आर्थिक कारोबार र दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा राष्ट्रिय उत्पादन तथा सेवाहरुको प्रदर्शन, व्यावसायीक स्टलहरू, आईटी प्रदर्शनी, आकर्षक कृषि परिसर रहने अध्यक्ष भुसालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण