‘गाउँ आएको बाटो’को लागि भोजपुरमा दयाहाङ
अभिनेता राई यतिबेला भोजपुर पुगेका छन् । फिल्म ‘गाउँ आएको बाटो’ छायाङ्कनका लागि उनी त्यहाँ पुगेका हुन् । केही दिनदेखि भोजपुरका विभिन्न स्थानमा भइरहेको फिल्ममा दयाहाङले गाउँले पुरुषको भूमिका निर्वाह गरिरहेका छन् ।
फिल्मको छायाङ्कन सेटबाट निर्माण युनिटले केही तस्बिर समेत सार्वजनिक गरेको छ । दयाहाङको गेटअप गाउँले पुरुषको देख्न सकिन्छ । तस्बिरमा उनको साथमा अभिनेत्री पशुपति राई तथा एक बाल कलाकार पनि देखिएका छन् । नवीन सुब्बाले निर्देशन गरिरहेको यो फिल्ममा दयाहाङ र पशुपतिको अलावा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहनेछ ।
मार्किन कापरोन छायांकार रहेको फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन छ । फिल्मको निर्मातामा अमोद राई रहेका छन् भने कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । दयाहाङले केही अगाडि मात्र फिल्म ‘कबड्डी ४’ को छायाङ्कन सकाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण