‘गाउँ आएको बाटो’को लागि भोजपुरमा दयाहाङ

अभिनेता राई यतिबेला भोजपुर पुगेका छन् । फिल्म ‘गाउँ आएको बाटो’ छायाङ्कनका लागि उनी त्यहाँ पुगेका हुन् । केही दिनदेखि भोजपुरका विभिन्न स्थानमा भइरहेको फिल्ममा दयाहाङले गाउँले पुरुषको भूमिका निर्वाह गरिरहेका छन् ।
फिल्मको छायाङ्कन सेटबाट निर्माण युनिटले केही तस्बिर समेत सार्वजनिक गरेको छ । दयाहाङको गेटअप गाउँले पुरुषको देख्न सकिन्छ । तस्बिरमा उनको साथमा अभिनेत्री पशुपति राई तथा एक बाल कलाकार पनि देखिएका छन् । नवीन सुब्बाले निर्देशन गरिरहेको यो फिल्ममा दयाहाङ र पशुपतिको अलावा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहनेछ ।
मार्किन कापरोन छायांकार रहेको फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन छ । फिल्मको निर्मातामा अमोद राई रहेका छन् भने कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । दयाहाङले केही अगाडि मात्र फिल्म ‘कबड्डी ४’ को छायाङ्कन सकाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य