लुम्बिनीमा ३ पदका लागि ६ जनाको उम्मेदवारी दर्ता
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदको लागि ६ जनाको उम्मेदवार परेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोग दाङ्गले जनाएको छ ।
जसमा नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि निर्वाचन हुँदैछ । जसमा लुम्बिनी प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २९३ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण