रुपन्देहीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा २ जनाको मृत्यु र १ जना घाइते भएको प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका–१२ देवकोटा चोकमा लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्तपालमा उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक युवाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार अर्को एक युवा गम्भीर घाइते भएका छन् ।
यस्तै बुटवल उपमहागनगरपालिका–५ नेपालगन्ज रोडमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ठक्करबाट पैदलयात्री नवलपरासी बर्दघाट नगरपालिका चिसापानी घर भई हाल बुटवल उपमहानगरपालिका–९ दिपनगर बस्ने ५१ वर्षीय सुवास राना मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने स्कुटर चालक प्रहार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण