प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारी मारिए
कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीहरुलाई मारिएका प्रहरीले बिहीबार स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ ।
हिजो राती, चरमपन्थी सेनाहरूले प्रशासनिक भवनहरू, अल्माटी शहर प्रहरी विभाग, साथै स्थानीय प्रहरी चौकीहरु आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीहरूलाई मारिएका प्रहरी प्रवक्ता साल्टनाट बताएका छन् ।
काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले हिजो मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका थिए ।मध्यएसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले वुधबार मन्त्रीपरिषद् नै विघटन गरेका थिए ।
विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका थिए । उनले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा सङ्कटकाल लागू गरिएको घोषणा पनि गरेका छन् ।
सङ्कटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।
प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्विकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण