लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारबाट एक अर्ब बजेट
संघीय सरकारबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि एक अर्ब बजेट विनियोजन भएको छ । यसै साता काठमाडौंमा संघीय सरकारसँगको छलफलबाट लुम्बिनी प्रदेशलाई १ अर्बको बजेट पार्न सफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी बिचमा भएको छलफलबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि एक अर्ब बजेटको व्यवस्था गरिएको जनाइएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार अब प्रदेश राजधानी निर्माणको विषयमा नीतिगत र बजेटका हिसाबले तीव्र रुपमा काम अगाडि बढाउने योजना अघि सार्ने तयारी छ ।
जग्गा प्राप्तिको विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको विषयले गति लिने भएको हो । बजेट प्रदान गरेकोमा मुख्यमन्त्री केसीले संघीय सरकारका प्रधानमन्त्री र अर्थमन्त्री लगायत नेपाल सरकारलाई प्रदेश सरकारको तर्फबाट विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोग गरिदिनका लागि आग्रह गरेका छन् ।
यस अघि नै लुम्बिनी प्रदेश सरकारले राप्ती उपत्यका देउखुरीमा राजधानी निर्माणका लागि संघीय सरकारसँग ३ अर्ब बजेट माग गर्ने निर्णय मन्त्रिपरिषद् बैठकमार्फत गरेको थियो । प्रथम चरणको उक्त बजेटबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहण कार्य गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण