शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, २३ पुस २०७८, ०७ : २३
शुक्रबार, २३ पुस २०७८

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५३ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २७ पैसा र बिक्रीदर १० रुपैयाँ ३२ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप