त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् ।
भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन्। उनले भने, “ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस् ।”
सो निर्देशन पछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताए । उनले भने, “विमानस्थलमा यात्रुको चाप बढी हुँदै गएकाले समस्या भयो, फराकिलो ठाउँमा सार्न मन्त्री ज्यूले निर्देशन दिनुभएको छ, हामी चाँडै सार्छौं ।”
यसैगरी विमानस्थलमा एकमात्र ‘कन्भेयर बेल्ट’ भएको र थप दुईवटा नयाँ किनेर अब तीन वटा सञ्चालन गर्न समेत भनिएको छ । विमानस्थलका कर्मचारीले स्थान पहिचान, बजेट व्यवस्थापन, सूचना प्रकाशनका विषयमा तत्काल काम अगाडि बढाउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने
-
सातै प्रदेशमा रास्वपाले महाधिवेशन केन्द्रीत संगठन अभियान चलाउने
-
इजरायलले दियो दुई इरानी सहर खाली गर्न धम्की
-
'हाउसफुल ५'लाई लगानी उठाउन सकस
-
निष्क्रिय कर्जा लुकाएर हैन, वास्तविक देखाएर समाधान खोजौँ
-
सडक विभागले भन्यो– अवरोध हटाउन २७७ वटा उपकरण तयारी अवस्थामा छन्