उदयपुरमा एमाले जिल्ला अधिवेशन : नेतृत्व छान्न चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन
नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन खुल्लासत्र सकिएपछि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्षका आकांक्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनको प्रयास भएको हो ।
सर्वसहमत नेतृत्व चयनका लागि पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । होटल टाउन हलको सभाकक्षमा सम्पन्न खुल्ला सत्रमा स्थायी समिति सदस्य राजेन्द्र गौतमदेखि पोलिटब्युरो सदस्य चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश सदस्यहरू, पूर्व अध्यक्षहरू लगायतले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भनाइ राखेका थिए ।
सबैको चाहना र भावना अनुरुप नेतृत्व सर्वसम्मत चयन गर्न सहमति खोज्ने गरी अध्यक्ष मण्डल गठन गरी अधिवेशन जारी राखेको छ । अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य अम्बिका थापा, अघिल्लो अधिवेशनमा अध्यक्षका पराजित उम्मेदवार दुर्गाकुमार थापालगायत नौ सदस्य रहेको पार्टी अध्यक्ष इश्वरमणि राउतले जानकारी दिए ।
अधिवेशन सुरु हुनुअघि नै अध्यक्षका लागि वर्तमान सचिव प्रमेश्वर घिमिरे, सचिवालय सदस्यहरू कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले उम्मेदवारी घोषणा गरेका थिए । वर्तमान अध्यक्ष इश्वरमणि राउत, उपाध्यक्ष विमल कार्की, गोपाल खत्री, दुर्गाकुमार थापा पनि अध्यक्षका दावेदार हुन् । राउत, खत्री, थापा, कार्की सर्वसम्मतकै पक्षमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण