एमाले मोरङको अध्यक्षमा पोखरेल सर्वसम्मत
नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी निर्विरोध चयन भएका छन् । निर्वाचन समितिले तय गरेको निर्वाचन तालिकाअनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी परेसँगै उनीहरु सर्वसम्मत चयन भएका हुन् । यद्यपि अध्यक्षसहित पदाधिकारी निर्वाचित भएपनि घोषणा हुन भने बाँकी छ ।
उनीहरुमध्ये पोखरेल,कार्की,खतिवडा पुरानै अनुहार हुन् । उनीहरु जिल्ला अधिवेशन आयोजक समितिमा रहेका थिए । सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साह भने नयाँ अनुहार हुन् ।
केराबारी गाउँपालिकाकी उपाध्यक्ष रहेकी भुजेल १० बुँदेपछि एमालेमा फर्किएकी थिइन् ।
यसैबीच १६५ जनाको जिल्ला समितिमा ४ सयको उम्मेदवारी परेको बताइएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन भने बाँकी छ । उम्मेदवारी फिर्ताको समय भोली दिउँसो ३ बजेसम्मका लागि राखिएको छ। मतदान भने पर्सि नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा बिहान १० बजेदेखि हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण