लघुवित्तले पनि दिन सकेनन् कर्जा
तरलता दबाबले वाणिज्य बैंकबाट सापटी लिएर ग्राहक सदस्यलाई कर्जा दिँदै आएका लघुवित्तको व्यवसायमै आँच आएको छ। तरलतामा दबाब देखिएपछि लघुवित्तको कर्जा प्रवाह नै ठप्प हुन थालेको गुनासो छ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा यतिबेला तरलता अभावको बढी मार लघुवित्तलाई परेको बताउँछन्। उनकाअनुसार लघुवित्तको कामको प्रकृत्ति नै बैंकबाट सापटी लिएर कर्जा दिने गरिन्छ। ‘यसो हँुदा धेरै कम्पनीले बैंकलाई किस्ता पनि तिर्नुपर्छ। अब सरकारलाई त्रैमासिक कर तिर्नुपर्ने बेला आएको छ।
बैंंकहरूले पनि कर्जा दिँदैनन्। दिइहाले भने चर्को ब्याज अर्थात १३ प्रतिशत हाराहारीको भार पर्छ,’ लक्ष्मी लघुवित्तका सीईओसमेत रहेका शर्माले भने,‘लघुवित्तलाई केन्द्रीय बैंकले १५ प्रतिशतभन्दा बढी ग्राहकबाट नलिन भनेको छ। लागत र प्रशासनिक खर्च बढी लाग्ने भएकाले कर्जा पाए पन ग्राहलाई दिन सक्ने अवस्थामा छैनौं।’
लघुवित्तले नयाँ कर्जा दिन बन्द गरेको उनले जानकारी दिए। यद्यपि केहीले मात्रै व्यवस्थापन गर्न सकेको छन्। यस्तो अवस्था लामो समय रहिरहे आर्थिक क्रियाकलापमा मन्दी आउने उनको टिप्पणी छ। ग्रामीण भेगका आम किसानी तथा व्यवसाय विस्तारमा लघुवित्तले कर्जा दिन नसक्दा खुम्चिन जाने उनले चिन्ता व्यक्त गरे। यो अवस्था असारसम्म जान सक्ने सुनिएकाले ससंकित भएको बताउँदै शर्माले यसले विशेष लघुवित्त जस्ता साना संस्थाहरू मर्कामा परेको गुनासो गरे। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण