सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
सारांश
- नेपाली कांग्रेसका नेता नैनसिंह महरले राज्यका निकायहरू सरकारलाई खुसी पार्ने प्रतिस्पर्धामा लाग्दा नागरिकको अधिकार, सम्मान र सुरक्षा ओझेलमा परेको आरोप लगाएका छन्।
- उनले गणेश नेपालीको निधनलाई राज्य सञ्चालनको शैलीप्रतिको गम्भीर चेतावनीको रूपमा व्याख्या गर्दै सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यले नागरिकमा त्रास सिर्जना गरेको बताए।
- महरले राज्यको पहिलो दायित्व नागरिकलाई विश्वास दिलाउनु भएको र प्रशासनको सफलता नागरिकको सम्मान र अधिकारको संरक्षणले मापन हुने धारणा व्यक्त गरे।
काठमाडौँ । राज्यका निकायहरू सरकारलाई खुसी पार्ने प्रतिस्पर्धामा लाग्दा नागरिकको अधिकार, सम्मान र सुरक्षा ओझेलमा परेको आरोप नेपाली कांग्रेसका नेता नैनसिंह महरले लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता महरले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरे। उनले यस्तो घटना कुनै एक व्यक्तिको मात्रै दुःखद अन्त्य नभई राज्य सञ्चालनको शैलीप्रतिको गम्भीर चेतावनी भएको बताए।
उनका अनुसार दुईतिहाइको सरकार गठन हुँदा जनताले स्थायित्व, सुशासन र सहज सेवा प्रवाहको अपेक्षा गरेका थिए। तर, व्यवहारमा राज्यका विभिन्न संयन्त्रले कानुनको सन्तुलित कार्यान्वयनभन्दा पनि सरकारलाई खुसी पार्ने उद्देश्यले आवश्यकताभन्दा बढी सक्रियता र कठोरता प्रदर्शन गरेको देखिएको छ। पुनर्स्थापनाको स्पष्ट योजना र पर्याप्त संवादबिना सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यले नागरिकमा त्रासको वातावरण सिर्जना गरेको उल्लेख गर्दै महरले यस्ता घटनाले जनविश्वास कमजोर बनाएको बताए।
उनले गणेश नेपालीको आत्मदाहलाई पनि राज्यप्रतिको बढ्दो निराशा र असुरक्षाको संकेतका रूपमा व्याख्या गरे। उनले सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा विस्थापित नागरिकको सम्मानजनक व्यवस्थापनका लागि स्पष्ट नीति ल्याउन माग गरे।
महरले राज्यको दायित्व र प्रशासनको शैलीमाथि प्रश्न उठाउँदै भने, ‘राज्यको पहिलो दायित्व नागरिकलाई डर देखाउनु होइन, विश्वास दिलाउनु हो।’ उनले अगाडि थपे, ‘प्रशासनको सफलता आदेशको कठोरताले होइन, नागरिकको सम्मान र अधिकारको संरक्षणले मापन हुन्छ।’ विकासको काम जनताको सहभागिता, संवाद र संवेदनशीलताका आधारमा मात्र अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण