किन फिर्ता पठाइयो ललिता निवासको अनुसन्धान प्रतिवेदन ?
ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे तयार पारिएको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा फिर्ता पठाएको छ । करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले गत पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान र प्रमाणसमेत पेस गर्नुपर्ने भन्दै फिर्ता पठाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता गङ्गाप्रसाद पौडेलले सीआईबीले बुझाएको प्रतिवेदनमा थप विषय स्पष्ट हुनुपर्ने देखिएकाले पुनः अनुसन्धानका लागि फिर्ता पठाइएको जानकारी दिए । पौडेलले भने, “प्रतिवेदन अध्ययन गर्दा अदालतमा प्रश्न उठ्न सक्ने देखियो र थप प्रमाणसमेत आवश्यक पर्ने भएकाले थप अनुसन्धानका लागि फिर्ता गरेका हौँ ।” उनले मुद्दाको जटिलताअनुसार अदालतमा प्रश्न उठ्ने र त्यसको जवाफका लागि थप अनुसन्धान गर्नुपर्ने देखिएको बताए । उनले सरकारी जग्गा हिनामिनाको अनुसन्धान र अभियोजनको हदम्याद नभएकोसमेत बताए ।
सरकारी मुद्दासम्बन्धी ऐनमा अनुसन्धान गर्ने निकायले तयार पारेको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता हुन्छ । पौडेलले अदालत पुगेको मुद्दामाथि प्रतिवादीले समेत प्रश्न उठाउने भएकाले थप प्रमाण आवश्यक देखिएको बताउनुभयो । ललिता निवासको १४३ रोपनी नौ आना तीन पैसा तीन दाम जग्गा हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । वि.सं. २०४९, २०६२, २०६६ र २०६९ सालमा गरी चार पटक सरकारी कागज किर्ते निष्कर्षसहित फरक–फरक चारवटा प्रतिवेदनमा १३ अर्ब ८० करोड १८ लाख रुपियाँ बिगो माग दाबी गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण