विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो ।
सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट मुद्दामा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा फरार रहेका दुई, दुनियावादी फौजदारी मुद्दामा फरार रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार रहेका एक, विष्फोटक पदार्थ मुद्दामा फरार रहेका एक, चोरी मुद्दामा फरार रहेका एक, अंशवण्डा मुद्दामा फरार रहेका एक, सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीबाट दुई महिना तीन दिन कैद र रु ५५ हजार ५०१ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराधमा सजाय पाएर फरार रहेका प्रतिवादीको पक्राउ अभियान तीव्र पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण