रेमिट्यान्स घट्नुको मुख्य कारण – हुन्डीको कारोबार !
बैंङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको देखिएको छ । जानेको प्रतिशत बढेको तीन महिनामा नै उनीहरूले पठाउने रेमिट्यान्स मापनको आधार नबन्न सक्छ । तर पहिले विदेशमा रहेकाले पनि बैङ्क प्रणालीभन्दा बाहिरी माध्यमको प्रयोग गरी पैसा पठाउँदा वैध कारोबारबाट देखिने रेमिट्यान्स घटेको हो । रेमिट्यान्स घट्नुको मुख्य कारण हो अवैध रूपमा हुने हुन्डीको कारोबार ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार चालू आवको तीन महिनामा रेमिट्यान्स ७.६ प्रतिशतले कमी आएको छ । अमेरिकी डलरसमेत ७.७ प्रतिशतले कमी आएको छ । आव २०७७/७८ मा विदेश जानेको सङ्ख्या ९६.८ प्रतिशत वृद्धि भई ६६ हजार ३१६ भयो । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यासमेत ७८.६ प्रतिशतले वृद्धि भई ३४ हजार ८२३ पुग्यो तर बैङ्किङ माध्यमबाट आउने रेमिट्यान्स भने यो पछिल्लो वर्ष ८.१ प्रतिशतले घट्यो । गत वर्षको तुलनामा यस वर्षको तीन महिनामा मात्र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दोब्बर भएको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २८६.१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष २३ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष भने १८.१ प्रतिशतले कमी आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण