दक्षिण अफ्रिकामा मिनीबस र ट्याक्सी ठोक्किँदा १७ जनाको मृत्यु
बिहीबार, २९ पुस २०७८, १३ : ४६
दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।
बुधबार भएको सो दुर्घटनामा परेर अरु १२ जना घाइते भएका छन् । ती घाइतेको अवस्था पनि गम्भीर रहेको उनीहरुको भनाई रहेको छ । निकै दु्रत गतिमा ती दुवै सवारी दुई बिपरीत बाटोबाट आएका थिए । त्यस क्रममा ठोक्किएका र त्यसपछि सवारीमा आगो लागेको थियो ।
आगलागीका कारण ती सवारी साधनमा रहेका यात्रुहरु नराम्ररी जलेका थिए । जलेका कारण शवको पहिचान हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण