राजनीतिक दललाई बोलाएर प्रमुख निर्वाचन आयुक्तले दिए वैशाखमा चुनाव गर्न दवाव
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता रहेको राजनीतिक दलहरूलाई स्मरण गराएका छन् । राष्ट्रियसभा र स्थानीय निर्वाचनका सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार निर्वाचन आयोगको कार्यालयमै बोलाएर वैशाखमा कुनै पनि हालतमा स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन दवाव दिएका हुन् ।
शुक्रबारको सर्वदलीय बैठकमा थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गराउन माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा गरिसक्नुपर्ने बताए । ‘स्थानीय तहको निर्वाचन विकल्प छैन । समयमै निर्वाचन गर्नुपर्छ । कानुन बमोजिम आयोगलाई प्राप्त १२० दिन घर्किरहेको छ,’ उनले बैठकमा भने, ‘त्यसैले छिट्टै निर्वाचनको मिति तोकेर जानुपर्छ । माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा हुनुपर्छ ।’
आयोगले ०७९ साल वैशाख १४ गते एकै चरणमा वा दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर, त्यसबारे सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । आयोगले माघ पहिलो साता निर्वाचनको मिति घोषणा गरिए सय दिनभित्र पनि निर्वाचन गर्न सकिने बताएको छ ।
आज सर्वदलीय छलफल गरेको आयोगले अब प्रधानमन्त्रीसँग यस विषयमा परामर्श गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले सर्वदलीय बैठकमा सबै दलहरूबाट स्थानीय निर्वाचनका विषयमा सकारात्मक र रचनात्मक सुझाव आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

