काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित
स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठुलो जनशक्ति सङ्क्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको छ ।
टिचिङ अस्पतालमा एक हप्तामा ६० जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् भने निजामती अस्पतालमा ३०, पाटन अस्पतालमा २५, वीर अस्पतालमा १५, भक्तपुर अस्पतालमा ७ र सशस्त्र प्रहरी अस्पतालमा ४ जना सङ्क्रमित भएका छन् । शिक्षण अस्पतालमा इन्टर्नसीप गरिरहेका एमबीबीएसका विद्यार्थी, रेसिडेन्सियल चिकित्सक लगायत स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण