लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण
लमजुङमा शनिबार एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।
जिल्ला अस्पतालमा एन्टिजेन गर्दा एकैदिन यतिका धेरै संख्यामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार शनिबार चार पुरुष र चार महिनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुने अधिकाशंमा रुघाँखोकी, ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने समस्या लिएर अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । शनिबार संक्रमण पुष्टि हुने आठजनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ । जसमध्ये ६ जना होम आइसोलेशनमा रहेको र दुईजना अस्पतालको आइसोलेसनमा उपचाररत रहेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।
पछिल्लो साता अस्पताल आउने अधिकाशं विरामीको एन्टिजेन गर्दा संक्रमण पुष्टि हुने गरेको छ । संक्रमण जोखिम बढेपछि अस्पतालले २५ बेडको आइसोलेनस तयारी अवस्थामा राखेको छ । मास्कबिना अस्पताल प्रवेशमा निषेध गरिएको छ । विरामीलाई भौतिक दूरी कायम गर्दै समय समयमा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ । एक सय ५० अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ । कोरोना संक्रमण जोखिम बढेपछि अस्पतालले यसअघि सुरु गरेको हेलो डाक्टर सेवा र मनोविमर्श सेवा पुनः सुचारु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण