निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढ्यो
चालू आर्थिक वर्षको पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित आव २०७८/७९ को पाँच महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कको कर्जा प्रवाह १० प्रतिशतले, विकास बैङ्कको १२.३ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह १७.५ प्रतिशतले बढेको हो ।२०७८ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७७ मङ्सिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.३ प्रतिशत र १२.१ प्रतिशत रहेको थियो ।
आव २०७८/७९ को पहिलो पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो– नेपालको एक इन्च भूमि र आकाशको रक्षा हाम्रो पहिलो दायित्व हो
-
विश्वप्रकाशको प्रश्न, ‘सरकार आशाको होइन त्रासको प्रतीक किन बन्दैछ?’
-
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ : कांग्रेस
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण