के ‘दौड’ मा भित्रिएकी हुन् केकी ?
निर्देशक मदन घिमिरे फिल्म ‘दौड’ निर्माणको तयारी गरिरहेका छन् । आफ्नै निर्माण निर्देशनमा उनले यो फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणका लागि उनले चलचित्र विकास बोर्डबाट अनुमति समेत लिइसकेका छन् । ‘दौड’ सामाजिक प्रेमकथामा निर्माण हुन लागेको हो । फिल्मको लागि अहिले उनी कलाकारदेखि प्राविधिक छनौट गरिरहेका छन् । केही दिनमा फिल्म निर्माण युनिट सार्वजनिक गर्ने घिमिरेको योजना रहेको छ ।
फिल्मकै सिलसिलामा अभिनेत्री केकी अधिकारीले समेत उनलाई भेटेकी छन् । यी दुईको भेटघाटलाई फिल्मकर्मीले नयाँ फिल्मको टिमअपको रुपमा लिएका छन् । ‘दौड’ फिल्ममा अभिनेत्री केकीको अभिनय रहने समेत चर्चा चलेको छ ।
निर्देशक घिमिरेले केकीसँग भएको भेटको तस्बिर समेत सार्वजनिक गरेका छन् । तस्बिरका साथ उनले लेखेका छन् ‘सधैँ कोभिडबाट डराएर पनि त बसिरहनु भएन उच्च सतर्कता र स्वास्थ्य मापदण्ड कायम राख्दै समाजसेवी नायिका केकी अधिकारीसँग नवीनतम कामको लागि छलफल !’
घिमिरेले निर्देशन रहेको पछिल्लो फिल्म ‘आँधितुफान–२’ प्रदर्शनको तयारीमा छ । केकीले भने केही अगाडि दीपक श्रेष्ठ निर्देशित फिल्म ‘घिन्ताङ’ अभिनय सकाएकी थिइन् । उनी पछिल्लो समय टेलिभिजन कार्यक्रम निर्माणमा पनि देखिँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण