नक्कली ब्रान्डको मोबिल बनाएर बिक्री गर्ने २ जना पक्राउ
रौतहटस्थित विभिन्न ब्रान्डको नक्कली मोबिल बनाएर बिक्री गर्ने दुईजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राजदेवी नगरपालिका ९ का वीरेन्द्र सिंहका छोरा वर्ष २८ का राणा रोशन सिंह र सोही ठाउँका बालेश्वर सिंहका छोरा ४२ को हरेन्द्र सिंह रहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।
गौर त ब्रहर्वा पुल नजिक रोशन सिंहले सञ्चालन गरेको जय शिव शक्ति अटोमोबाइल पसलमा र सँगै रहेको सुधीर साहको घरमा गोदाम सञ्चालन गरी क्यास्ट्रोल, बजाज, हिरो होण्डा ब्रान्डको मोबिल बनाउने,अवैध रूपमा भित्र्याएर भण्डारण गरेको मोटरसाइकलका पार्टस्हरु कालोबजारी सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उक्त पसल र गोदाम बाट मोबिल भरिएको ३ हजार बट्टाहरू, खुल्ला मोबिल भरिराखेको २ सय लिटरको टिनको ड्रम-२ थान,र मोबिल राख्ने गरेको टिनको खाली ड्रम ९ थान बरामद गरेको छ ।
पक्राउ परेका रोशन सिंह र हरेन्द्र सिंह माथि कालोबजारी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अभियुक्त दुवैजना मिलेर पछिल्लो लामसमय देखि भारत बाट खुला मोबिल अवैधरुपमा भित्र्याएर विभिन्न ब्रान्डको मोबिलको खाली बट्टामा रिप्याक गरि सिल गरेर बिक्री गर्दै आएका थिए । यस प्रकारको नक्कली मोबिलको प्रयोगले मोटरसाइकल तथा अन्य चार पाङ्ग्रे सवारी साधनको इन्जिन चाँडो बिग्रिने जानकारहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण