फेरि रिलिज होला त ‘चपली हाइट–३’ ?
‘चपली हाइट–३’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मको प्रदर्शन केही दिनमै स्थगित भएको छ । कोरोनाको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चलचित्र घर माघ १५ सम्म बन्द गर्ने निर्णयसँगै फिल्म रिलिज स्थगित भएको हो ।
निर्माण युनिटले फिल्म हल खुलेसँगै फेरि ‘चपली हाइट–३’ रिलिज हुने बताउँछ । ‘फिल्मले समीक्षा र दर्शक राम्रो पाइरहेको थियो । कोरोनाको कारण हल बन्द भयो’ निर्देशक निकेश खड्काले भने, ‘फेरि हल खुल्ने बित्तिकै फिल्म लाग्छ ।’ फिल्मबाट निर्देशकको रुपमा आफुले राम्रो प्रतिक्रिया पाएको खड्काले सुनाए ।
‘मैले अहिलेसम्म तीन फिल्म निर्देशक गरेको छु । ति मध्य निर्देशकीय हिसावले राम्रो समिक्षा यसबाट मिल्यो’ खड्काले थपे ‘फिल्मको सकारात्मक समीक्षाले निकै उत्साह मिलेको छ । दर्शकलाई अव यो भन्दा पनि राम्रो फिल्म दिने कोसिस गर्दछु ।’
अर्जुन कुमार निर्मित फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतको अभिनय छ ।
आकाश बरालको कथा तथा संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मले क्राइम थ्रीलर बिषय कथाको रुपमा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण