हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा पनि उपलब्ध
भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा उपलब्ध भएको छ । लक्ष्मी ई मोबिलिटी लिमिटेडले नेपालमा यो स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको हो । काठमाडौंको टेकुस्थित शोरुमबाट यी स्कुटर बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने उद्देश्यले लक्ष्मी ग्रुपले इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ ।
नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो एक पटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले बताएको छ । यी स्कुटरहरुले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा कम्पनीले गरेको छ ।
नेपाली बजारमा हिरो इलेक्ट्रिकका चार मोडल उपलब्ध छन् । आगामी दिनमा अन्य मोडल क्रमशः उपलब्ध गराउने कम्पनीले जनाएको छ । लक्ष्मी ई मोबिलिटीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपका लागि आवेदन लिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण