पुसमा ठिकै, माघमा कक्रक्क
मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै गएपछि यहाँको जनजीवन अप्रत्यासित रूपमा प्रभावित भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट भाइरससँगै चिसो पनि बढेपछि मध्य तराईको जनजीवन थप प्रभावित बनेको हो ।
पुस महिनामा खासै चिसो नभएको मध्य तराईमा माघ लागेपछि भने घाम देख्न छाडिएको छ । शीतलहरसँगै घाम पनि देख्न छाडिएपछि घरबाहिर गएर दैनिक ज्याला मजदुरी गरी खाने तथा काम विशेषले बाहिर गई आर्थिक जोहो गरेर आफू र परिवारको खर्च जोहो गर्ने सर्वसाधारण निकै मारमा परेका छन् ।
स्थानीय समाजसेवी र पालिकाहरूले पनि चोक, चौराहामा आगो बाल्ने र विपन्नलाई न्यानो कपडा वितरण गर्ने कार्य पुस महिनामा बढी नै गरेका थिए । तर, पुसमा भन्दा अहिले चिसो र शीतलहर बढी नै भएको र जसका कारण विपन्न र गरिब परिवारले निकै सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ ।
चिसोको कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या पनि ह्वात्तै बढेको नारायणी अस्पतालले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण