चलचित्र ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड
बुधबार, ०५ माघ २०७८, ११ : ४९
निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् । कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिएका छन् ।
थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाएका छन् । उनले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिएका छन् ।
म यस्तो गीत गाउँछु २ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण