किन पाएनन् उपल्लो डोल्पाका सर्वसाधारणले कोभिड –१९ विरुद्धकाे खोप ?
महामारीको रुपमा फैलिएको कोभिड –१९ विरुद्ध लगाइने खोपहरू उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् । १२ वर्ष देखि १७ वर्ष सम्म बालबालिकाले मोडना खोप र १७ वर्ष देखि माथीका सर्वसाधारणले भेरोसेल , ६० वर्ष माथीका सर्वसाधारणलाइ बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भएपनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन नपाउने भएका हुन् ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाले माघ १० देखि माघ १३ गते सम्मा खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्बसाधारणलाइ मात्र खोप लगाउन सूचना निकालेको छ । तर उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ ।
सीसीएमसीसीको बैठकले माघ १६ देखि २० गते सम्मा विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिको थियो । सीसीएमसीसीले निर्णय गरेपनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा पनि खोप नपाउने भएका छन् । त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ बाट सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारणले पीडित हुने भएका छन् ।
भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिड विरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाइ लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्बसाधारणहरु खोप विहिन बन्नु परेको हो । हिमपातका कारण उपल्लो डोल्पा बन्धक जस्तै भएको छ । बाटो भरी हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपलल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।
त्यस्तै अन्य बालबालिकालाइ लगाइने नियमित खोप , सुरक्षित सुत्केरी सेवा कात्तिक देखि फागुन मशान्त सम्मा नै बन्द भएको छ । शे फोक्सुण्डो , छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिका भित्रका सर्बसाधारणहरु घरको आंगन भरी हिउँले ५ महिना सदरमुकाम दुनै लगाएतका देशका बिभिन्न ठाउँमा जाने काम पुर्णरुपमा ठप्प हुने गर्दछ । त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी , महिला स्वंयमसेविकले समेत खोप नपाएको निर्मित स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइमा भ्रष्टाचारको आशंका : फाइल मगाएर छानबिन गर्न सांसदहरूको माग
-
त्रिविका आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
-
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई
-
बैंककको बारमा आगलागी, मृत्यु हुनेको संख्या ३० पुग्यो
-
मल्लको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको नियमापत्ति
-
सर्वोच्चको आदेश अवज्ञा गरेको भन्दै सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यविरुद्ध अवहेलना मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण