मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई

मङ्गलबार, ३० असार २०८३, ११ : २६
मङ्गलबार, ३० असार २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्चाउनुपर्ने बताएका छन् ।
  • सांसद राईले डेढ महिनादेखि विपक्षीले उक्त अभिव्यक्ति सच्चाउन माग गरे पनि प्रधानमन्त्री नबोलेको बताए ।
  • उनले प्रधानमन्त्रीको अभिव्यक्ति नियतवश आएको भन्ने आफूलाई नलागेको बताए ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्चाउनुपर्ने बताएका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले डेढ महिनादेखि विपक्षीले उक्त अभिव्यक्ति सच्चाउन माग गरे पनि बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री नबोलेको बताए । 

‘बरु ढुङ्गा बोल्ला मान्छे बोल्दैन जस्तै भयो । यसले डर चिन्ता लागेको छ’, उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले महानगरको मेयर हुँदा एउटा समस्या हुँदा फेसबुकमा लेखेर सिंहदरबार जलाइदिन्छु भन्नुभयो । पछि सिंहदरबार जल्यो । सीमा बारे पनि त्यस्तै हुने त होइन ?’ उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नियतवश आएको भन्ने आफूलाई नलागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप