त्रिविका आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
सारांश
- त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयका आंगिक क्याम्पसमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ।
- विश्वविद्यालयहरूले शैक्षिक सत्र २०८३/०८४ का लागि कुल स्वीकृत सिट संख्याको १० प्रतिशत जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने नियम लागू गरेका छन्।
- शिक्षा मन्त्री सस्मित पोखरेलले यसलाई शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने महत्त्वपूर्ण कदम भनेका छन्।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित विभिन्न विश्वविद्यालय तथा तिनअन्तर्गतका सम्पूर्ण आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ।
त्रिविसहित सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा १० प्रतिशत छात्रवृत्तिका लागि प्रक्रिया अघि बढाइएको जनाएका छन्। सातवटै विश्वविद्यालयका उपकुलपतिहरूले १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न संयुक्त पहल गरेका हुन्।
त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टाछुट्टै सूचना प्रकाशित गरी आफ्ना आंगिक क्याम्पसहरूमा छात्रवृत्ति सुनिश्चित गर्न पत्राचार गरिएको उल्लेख गरेका छन्।
विश्वविद्यालयको परिपत्रअनुसार सम्बन्धित क्याम्पसहरूले शैक्षिक सत्र २०८३/०८४ का लागि विश्वविद्यालयबाट स्वीकृत कार्यक्रमहरूमा विद्यार्थी भर्ना लिँदा अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमबारे अवगत गराइएको छ।
विश्वविद्यालयको नियमअनुसार कुल स्वीकृत सिट संख्याको १० प्रतिशत सिट जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अनिवार्य रूपमा खाली राख्नुपर्ने व्यवस्था छ।
उक्त १० प्रतिशत सिटमा विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस/कलेजको छात्रवृत्तिसम्बन्धी कार्यविधिअनुसार विद्यार्थी छनोट गरी भर्ना गरिने जनाइएको छ।
यसैबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय र मातहतका क्याम्पसहरूमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थासँगै शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा यो अर्को महत्त्वपूर्ण कदम भएको बताएका छन्।
विश्वविद्यालयमा छात्रवृत्ति सुनिश्चित भएको विषयमा सामाजिक सञ्जालमा पोस्ट गर्दै मन्त्री पोखरेलले यसअघि काठमाडौं महानगरपालिकाको विद्यालय प्रणालीमा लागू गरिएको छात्रवृत्ति व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएको अनुभवका आधारमा अब विश्वविद्यालय तहमा पनि त्यसलाई संस्थागत गर्दै अघि बढेको उल्लेख गरेका छन्।
यसअघि चैत ३० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियमबमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुनबमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहलाई समन्वय एवं सहजीकरण गर्न अनुरोध गरेको थियो।
मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिम १० प्रतिशत छात्रवृत्ति प्रदान गरे/नगरेको तथा छात्रवृत्तिको विवरण अद्यावधिक गरे/नगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण