नेपाली श्रमिकको दोस्रो टोली माघ १५–१६ गते इजरायल जाँदै
दीर्घकालीन सहायक श्रमिकका रुपमा दोस्रो टोली १५ र १६ माघमा इजरायल जान जाने भएका छन् । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका अनुसार छनौट भएका १ हजार १ सय ७५ मध्ये ९९ सय जना पहिलो चरणमा बुधवार इजरायल प्रस्थान गरे पनि क्रमशः छनौट भएका सबैलाई इजरायल पठाइने छ ।
इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा ६३ महिला र ३६ पुरुष गरी ९९ जना गत बुधबार इजरायल प्रस्थान गरिसकेका छन । दोस्रो चरणमा दुई हवाई उडानमार्फत जाने श्रमिकको छनौट मन्त्रालयले गरिरहेको छ ।
वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५ सय र मङ्सिरमा ६ सय ७५ श्रमिकको नामावली छनौट गरी रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । जसअनुसार छनोटमा परेका १ हजार १ सय ७५ मध्ये ८ सय २१ महिला तथा ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते भएको श्रम सम्झौता अनुसार नेपाली श्रमिकलाई रोजगारका लागि इजरायल जाने बाटो खुलेको हो । इजरायल जाने प्रत्येक नेपाली श्रमिकले कम्तिमा २ लाख रुपैयाँ पारिश्रमिक रुपमा पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण