जगदुल्ला जलविद्युतकाे विद्युत बाँफिकोटको सव स्टेशनमा जोडने
१०६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत रुकुम बाँफिकोटमा रहेको नेपाल विद्युत प्राविकरणको सव स्टेशनमा जोड्ने गरि सम्झौता भएको छ ।
नेपाल विद्युत प्राधिकरण र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड बीच ग्रिड जडान सम्झौता २० जनवरी २०२२ मा सम्झौता भएको हो । यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत खरिद , विक्री कार्य समेत सुरु भएको छ । आयोजना निर्माणका लागि बैंक सँगको सम्झौता समेत एक महिना भित्र हुने भएको छ ।
आयोजना निर्माणका लागि अझैं सडक , पुलहरु निर्माण कार्य बाँकी रहेको छ । जटिल भुभागमा निर्माण हुन लागेको यो आयोजना छिटो गर्ने भनिएपनि पुर्वाधारको काम गर्नका लागि सामग्री ढुवानी गर्ने कार्य निकै चुनौती पुर्ण रहेको छ ।
तल्लु र त्रिबेणी स्थित भेरी नदीमा ठुला पुलहरु निर्माण हुँन बाँकी रहेको छ । त्यस्तै त्रिबेणी देखि विद्युत उत्पादन गृह इल सम्मको सडक कडा चट्टानै ,चटानले बनेका कारण सबै ठाउँमा विस्फोटन गर्नुपर्ने बाध्यता रहेको निमित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।
नलगाड नगरपालिकाको दानीपिपलमा ४०० केभीको सव स्टेशन निर्माण कार्य जारी रहेकोले जगदुल्लाको बिद्युत बाँफिकोटमा जडानका लागि सम्झौता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण