दाङमा रुखले च्यापेर एक युवकको मृत्यु
शुक्रबार, ०७ माघ २०७८, २२ : ३२
देउखुरीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–२ पचहिया निवासी ३३ वर्षीय सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रबार बिहान साढे सात बजेको समयमा घर नजिकैको जङ्गलमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको परिवारले जानकारी दिएको छ । सन्तोषका दाजु स्वामी यादवले भाइलाई रुखले च्यापेको देखेपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा भाइको मृत्यु भएको जानकारी दिएका छन् ।
रुखले च्याप्दा मृतक यादवको दाहिने खुट्टा पनि भाँचिएको छ । मृतक यादवको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण