नरसंहारको धम्कीले मन्त्री संकटमा
सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन् । त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ ।
रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सर्वाजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन् । त्यसका लागि उनलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन् । निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर हत्या फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन् ।
मन्त्री यादवको भनाइलाई लिएर देशव्यापी विरोध तीव्र भएको छ । यसले कानुनी राज्यको उपहास गरेको, हत्या हिंसालाई प्रश्रय दिएको, शान्ति प्रक्रियामा गइसकेको शक्तिलाई बिथोलेर समाजमा अशान्ति ल्याउने वातावरण निम्त्याएको बुद्धिजीवीहरुको ठम्याइँ छ । मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण