लुम्बिनीमा जोरबिजोर प्रणालीमा ढुवानी कार्डमार्फत मालसामान लोड गर्ने
लुम्बिनी प्रदेशभित्रका ट्रक यातायात व्यवसायीले दुर्घटना न्यूनीकरण, कोभिडको महामारीबाट सुरक्षित रहन र ढुवानीको उचित भाडा लिनका लागि पार्किङ स्थलमा गाडी राख्ने र जोरबिजोर प्रणालीमा ढुवानी कार्डमार्फत लोडिङ गर्ने निर्णय गरेका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको रुपन्देहीमा भएको भेलाले प्रदेशका सबै यातायात व्यवसायी संघसंस्थाले आ-आफ्नो क्षेत्रमा पार्किङ स्थल बनाएर सोही स्थानबाट गाडी सञ्चालन गराउने निर्णय गरेको छ । महासंघले गरेको निर्णयलाई बेवास्ता गरी कार्यान्वयन नगर्ने सवारी धनीलाई संस्थाबाट उपलब्ध गराउने दुर्घटना सुविधाबाट वञ्चित गर्ने समेत भेलाले निर्णय गरेको लुम्बिनी प्रदेश अध्यक्ष यम प्रसाद पाण्डेले बताए ।
भेलाले इन्धनमा भएको मूल्य वृद्धिको अनुपातमा भाडा समायोजन गर्न नेपाल सरकार र सरोकारवाला निकायमा तत्काल अनुरोध गर्ने र सबै व्यवसायीहरूले नयाँ भाडदारमा ढुवानी गराउन निर्देशन गर्ने र कोभिडको प्रकोपबाट सुरक्षित हुन जोर बिजोर प्रणालीमा ढुवानी गर्ने निर्णय गरेको छ ।
१५ माघसम्म प्रचारप्रसार गरी सबै गाडी धनी र चालकलाई जानकारी गराउने र २१ माघदेखि पार्किङ स्थलबाट ढुवानी कार्ड मार्फत लोडिङ गर्ने व्यवस्था मिलाउने निर्णय लुम्बिनी प्रदेशले गरेकोमा अन्य प्रदेशमा रहेका यातायात व्यवसायीहरूलाई पनि यो निर्णय लागू गराउन महासंघले पहल गर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए ।
भेलाले पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्षद्वय गणेश घिमिरे, गुप्तबहादुर केसी रामु, व्यवसायी युवराज पन्त, वसन्त खड्का, राप्तीका ईश्वरी पाण्डेलाई प्रदेश सदस्यमा मनोनीत गरेको अध्यक्ष पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण