प्रियंकाकी छोरी १२ हप्ता अघि नै जन्मिइन्, कमजोरीका कारण केही दिन अस्पतालमा रहने
नायिका प्रियंका चोपडा तथा पप गायक निक जोनस सरोगेसीको माध्यमले आमा बनेका छन् । यो कुराको जानकारी प्रियंका आफैंले शुक्रबार अबेर राती सोसल मिडिया पोस्ट सेयर गरिन् । यद्यपि, नायिकाका छोरा भएको हो कि छोरी भएको भन्नेबारे जानकारी उनले पोस्टमा दिएकी छैनन् । यूएसको वेबसाइट यूएस विकली रिपोर्टका अनुसार प्रियंका छोरीकी आमा बनेकी हुन् ।
१२ हप्ता अघि नै आमा बनिन् प्रियंकाः
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रियंकाकी छोरीको जन्म डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अघि भएको थियो । यी दुईको बच्चा लास भेगासको बाहिरी इलाका सदर्न क्यालिफोनिर्याको एउटा अस्पतालमा भएको हो । समय अगावै बच्चा जन्मिएको कारण बच्चा केही कमजोर छ । निक–प्रियंकाले जबसम्म बच्चा पूर्ण रुपमा स्वस्थ हुँदैन तबसम्म छोरीलाई अस्पतालमै राख्ने निर्णय गरेका छन् ।
प्रियंकाले सेयर गरिन् पोस्टः
प्रियंकाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘हामीले सरोगेसीमार्फत् हाम्रो जीवनमा एक बच्चालाई स्वागत गरेको कुरा बताउन पाउँदा हामी असाध्यै खुसी छौँ । यतिबेला हाम्रो परिवारको गोपनियतालाई ध्यानमा राखिदिन सम्मानपूर्वक आग्रह गर्छौँ ।’
प्रियंकाले बच्चाको योजनाबारे बताएकी थिइन्ः
प्रियंका चोपडाले ‘द जोनस ब्रदर्स फ्यामिली रोस्ट’ शोको क्रममा निकसँग बच्चाको योजनाबरे केही कुरा बताएकी थिइन् । निकले दाजुहरुको उदाहरण दिँदै शोमा ठट्यौली पारामा भनिन्, ‘हामी एक्लो यस्तो जोडी हौँ जसको अहिलेसम्म बच्चा भएको छैन । यसैकारण आज हामी सबैको अगाडि यो बताउन चाहन्छौँ कि म र निक बच्चाको योजना बनाइरहेका छौँ ।’ त्यसपछि प्रियंकाले भनिन्, ‘म बेबीसिट गर्न चाहन्नँ ।’
प्रियंका र निकले सन् २०१८ डिसेम्बर २ मा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण